राजनीति

गृहमन्त्रीको राजीनामा फिर्ता



काठमाडौँ, २१ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिएको राजीनामा फिर्ता लिएकाछन ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र निधिबीचको छलफलपछि उनले राजीनामा फिर्ता लिएका हुन।

गृहमन्त्रीका प्रेस संयोजक रामजी दाहालले भने“प्रधानमन्त्री र काँग्रेस सभापतिबीच आज बिहान भएको छलफलमा राजीनामा फिर्ता लिन आग्रह गरेपछि निधिले त्यसलाई स्वीकार गर्दै मन्त्रालयमा फर्किन तयार भएका हुन देशको परिस्थिति र निर्वाचनलाई मध्यनजर गर्दै निधिले राजीनामा फिर्ता लिएको प्रेस संयोजक दाहालले बताए ।

गृहमन्त्री निधिले प्रधानमन्त्रीसमक्ष यही वैशाख १७ गते राजीनामा दिएका थिए।