पोखरा, २१ वैशाख । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुक निर्वाचनमय बनिसकेकाले संविधान संशोधनको मामलामा नअल्झन सवैसँग आग्रह गररेका छन ।
प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनपछि मधेस केन्द्रित दल र जनजातिका असन्तुष्टिलाई सम्बोधन गर्न एमाले वार्तामा बस्न तयार रहेको बताए ।
निर्वाचनअघि जबर्जस्ती संविधान संशोधन प्रस्ताव ल्याइए एमालेले कुनै हालतमा प्रस्ताव पास हुन नदिने दृढता व्यक्त गर्दै नेता नेपालले अहिलेको समय निर्वाचन हो, निर्वाचनसँग संविधान संशोधनको प्रस्तावले कुनै मेल खाँदैन भने ।
उनले संशोधनको प्रस्तावले सत्ताधारी पार्टीबीच अन्तरविरोध चर्को रुपमा उठेको उल्लेख गर्दै उनले आपसी द्वन्द्वकैै कारण सहभागी पार्टीले पनि सरकार छाडेको विचार व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्