सम्पादकीय

भूकम्पपीडितलाई निः शुल्क इन्टरनेट



काठमाडौं, २२ वैशाख । भूकम्पबाट अति प्रभावित चार जिल्लाका बासिन्दाले निस्शुल्क द्रुत गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् ।

नेपाल टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा द्रुत गतिको इन्टरनेट सेवा निशुल्क उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको छ । ती जिल्लामा दुई बर्षसम्म निस्शुल सेवा उपलब्ध गराउने गरी बिहीबार सम्झौता भएको छ । नागरिकमा समाचार छ ।