इमरान खान
कपिलवस्तु २६ बैशाख । २५६१ औं बुद्ध जयन्तीको अवसरमा जिल्लाका बुद्धसंग संबन्धित सात वटै साइटहरु क्लीन कपिलवस्तुको रुपमा विकास गर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तु अन्र्तगत म्यादी प्रहरीहरुको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।
लुम्बिनी बिकास कोषका सदस्य तथा २५६१ औं बुद्धजयन्ती मुलसमारोह समिती कपिलबस्तुका संयोजक राजेश ज्ञवालीले जिल्लाका सात वटै साइटमा पुगेर सरसफाइ अभियानमा सरिक भएर कार्यक्रम सफल पार्न सहयोग गर्नुभएको थियो ।
लुम्बिनी बिकास कोषको मुख्य जिम्मेवारी रहेको उक्त अभियानमा तिलौराकोट र कुदान परिसरको सरसफाइ कार्यक्रममा आयोजक समिती सदस्य भक्तिराम पन्थी र समाजसेवी तथा सदस्य अमृतचन्द ठाकुर लगायतका ब्यक्तित्वहरुले कार्यक्रम सफल पार्न महत्वपुर्ण सहयोग गरेका थिए ।
लुम्बिनी बिकास कोषका कर्मचारी माधवराज आचार्यले सरसफाइ कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको संचारकर्मीलाई प्रतिक्रिया दिनुभएको थियो ।
गौतम बुद्धले २९ बर्ष यस कपिलवस्तुको तिलौराकोटमा बिताएको महत्वलाई स्वीकार गरि तिलौराकोटको सेरोफेरोमा रहेका सातवटा बुद्धसँग सम्बन्धित स्टलहरुको प्रचारप्रसार र बिबिध कार्यक्रमको आयोजना गरि २५६१ औं बुद्धजयन्ती सभ्य र भब्य रुपमा सफल पार्न लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीको संयोजकत्व समिती गठन गरि बिभिन्न गतिबिधी संचालन गरिएको छ ।
जिल्लामा रहेका सातवटै पुरातात्विक स्थलहरु र सम्पुर्ण नगरक्षेत्र भित्रका बुद्धसंग सम्बन्धित क्षेत्रमा तौलिहवा उद्योग बाणिज्य संघको पहलमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको लुम्बिनी बिकास कोषका सदस्य तथा २५६१ औं बुद्धजयन्ती मुलसमारोह समिती कपिलबस्तुका संयोजक राजेश ज्ञवालीले बताए ।
प्रतिक्रिया दिनुहोस्