विश्व

शरणार्थी बालबालिकाको सङ्ख्या १० लाख भन्दा बढी



नाइरोबी, २६ वैशाख । दक्षिणी सुडानमा जारी द्वन्द्वको कारण दश लाख भन्दा बढी बालबालिका आफ्नो देशबाट भागेर छिमेकी देशमा शरणार्थी जीवन बितारहेका छन् ।
त्यसगरी यस द्वन्द्वको कारण १४ बालबालिका देशभित्र नै घरवारबिहीन भएका संयुक्त राष्ट्र सङ्घले सोमबार जानकारी दिएको छ ।

दक्षिण सुडानबाट भागेर केन्या, इथोपिया, उगान्डा शरणार्थी जीवन बितारहेका १८ लाख व्यक्तिमा ६२ प्रतिशत बालबालिका रहेका संयुक्त राष्ट्र सङ्घीय बालबालिकाको निकाय युनिसेफ र शरणार्थी निकाय युएनएचसिआरले गरेको संयुक्त प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

त्यसगरी १४ लाख बालबालिकाले देशभित्र रहेका शरणार्थी शिविरमा बसिरहेका जनाइएको छ । सन् २०११ मा स्वतन्त्र भएको दक्षिण सुडानमा दुई वर्षपछि नै द्वन्द्व सुरु भएको थियो ।
त्यहाँका राष्ट्रपति साल्भा किइर र उनकै पूर्व उपराष्ट्रपति रिएक मचारका समर्थकबीच द्वन्द्व सुरु भएको थियो । जारी यस द्वन्द्वमा परी हजाराँै व्यक्तिको मृत्यु भएको छ । जसमा एक हजार भन्दा बढी बालबालिका रहेका छन् । एएफपी