काठमाडौं, २६ वैशाख । नेकपा (एमाले) नेता माधवकुमार नेपालले एमालेकै दबाबका कारण वैशाख ३१ गते स्थानीय निर्वाचन तय भएको र प्रतिपक्षसँग परामर्श नै नगरी जेठ ३१ मा दोस्रो चरणको निर्वाचनको मिति तय गर्नु सरकारको नियतमा खोट भएको आरोप लगाए ।
पार्टी प्रचार विभागले आयोजना गरेको दैनिक प्रेस ब्रिफिङमा नेपालले यस्तो आरोप लगाएका हुन् । पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले पहिलो र दोस्रो चरणको निर्वाचनका बीचमा एक महिनाको लामो समय अन्तरहुनुले कुनै खोट भएको हुनसक्ने आरोप लगाए । जेठ ३१ गते मुस्लीम समुदायको रमजान पर्व पर्ने भएकोले सरकाले उक्त पर्वको अपमान गरेको उको आरोप छ ।
नेता नेपालले ‘बजेट ल्याएर जनतालाई प्रभावित पार्ने लागेको भन्दै सरकारको उक्त काम एमालेलाई स्वीकार्य हुँदैन् भन्दै बजेटअघि निर्वाचन सकिनुपर्छ धारणा राखे ।
स्थानीय तहको निर्वाचनको परिणाम नआउँदै प्रतिनिधि सभा निर्वाचन क्षेत्र निर्धारण आयोग र मतभारसम्बन्धी कानुन चाँडै ल्याउन माग गरे ।
एमालेका सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले पहिलो निर्वाचनको मत गणना तत्काल सुरु गर्ने र दोस्रो चरणको निर्वाचन बजेट अगावै गर्नुपर्ने बताए । आफ्नो पार्टीले आयोगका पछिल्ला गतिविधिलाई सुक्ष्म रुपमा नियाली रहेको जानकारी गराए ।
आयोगका पदाधिकारी दोस्रो चरणको निर्वाचन अघि सार्ने तयारीमा लागेको भन्दै सुरक्षा निकायले १० दिनको समय भए पुग्ने बताइरहँदा आयोग दुई साता र त्यो भन्दा बढी समयको कुरा गरेर दोस्रो चरणको निर्वाचन जेठ ३१ मै पुर्याउन खोज्नुमा आयोगको मनसान के हो भन्ने आफुले बुझ्न नसकेको बताए । अयोगको भूमिकाप्रति गम्भीर आशंका उत्पन्न भएको भन्दै मतगणनाको विषय चाँडै टुंग्याइनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्