काठमाडौं, २९ वैशाख । नेपाल औषधि आयातकर्ता संघले सरकारद्वारा गत वर्ष ल्याइएको औषधि रजिस्ट्रेसन गाइडलाइन्समा आपत्ति प्रकट गर्दे औषधि व्यवस्था विभागमा दिइएको १५ बुँदे माग पत्रमा सुनवाइ नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संघले बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारको ३५ प्रकारको औषधि आयातमा रोक लगाउने निर्णय नसच्चिए र १५ बुँदे माग पूरा नभए चरणबद्घ आन्दोलन गर्ने जनाएको छ ।
सरकारले समयमै माग सम्बोधन नगरे औषधि आयातसमेत ठप्प गर्दै जाने र भएका स्टक समेत नबेच्ने चेतावनी संघका अध्यक्ष अंजन पुडासैनीले दिए । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्