गाजा, २९ वैशाख । हमासका वरिष्ठ कमान्डर माजेन फुकाहाको हत्यामा संलग्न भएको आरोपमा एक व्यक्ति पक्राउ भएको इस्लामिक हमास आन्दोलनका नवनिर्वाचित प्रमुख इस्माइल हानियाले बिहीबार बताएकाछन ।
गाजा सहरमा भएको प्रेस सम्मेलनमा हमास नेता हानियाले फक्राउ परेका व्यक्तिले आफूले हत्या अपराध गरेको स्वीकार गरेको बताए ।
“फुकाहाको हत्याका लागि इजरायलले निर्देशन दिएको अनुसन्धानका क्रममा खुलेको छ हानियाले बताए ।
हमास नेता फुकाहालाई गत मार्च महिनाको २४ गते गाजा सहरको दक्षिणपूर्वमा अवस्थित एक भवनको गेट नजिकै गोली हानी हत्या गरिएको थियो ।
हमास नेता फुकाहालाई इजिप्टको पहलमा भएको बन्दी रिहाइसम्बन्धी इजरायल¬–हमास सम्झौताअनुसार सन् २०११ को अक्टोबरमा भएको थियो ।
फुकाहालाई सन् २००२ मा नौ जना इजरायली नागरिकको हत्या प्रकरणमा जेल सजाय दिएको थियो । फुकाहाले आफ्ना उच्च नेतालाई गाजा क्षेत्रमा इजरायली सेनाले मारेको बदलास्वरुप इजरायलमाथि आक्रमण गरेका थिए ।
फुकाहालाई इजरायलको निर्देशनमा हत्या गरिएको भन्ने आरोपप्रति इजरायलद्वारा तत्कालै कुनै प्रतिक्रिया जनाएको छैन ।सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्