समाचार

दक्षिण कोरियाली राजदूतमा सिंह



काठमाडौँ, २९ वैशाख। राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दक्षिण कोरियाका लागि नेपाली राजदूतमा पौवागढी–८, बझाङ निवासी अर्जुनजङ्गबहादुर सिंहलाई आज नियुक्त गर्नुभएको छ ।

त्यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ब्राजिलका लागि नेपाली राजदूत ताराप्रसाद पोखरेललाई चिली र पाराग्वेका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।