सम्पादकीय

साइबर क्राइममा दुई उजुरी : अडियो राखेर बदनाम गर्ने प्रयास



काठमाडौं, ३० बैशाख । निर्वाचन प्रसारप्रसारमा सामाजिक सञ्जालमार्फत बदनाम गराएको भन्दै प्रहरीमा उजुरी पर्न थालेको छ। महानगरीय अपराध महाशाखामा एमाले र धादिङका माओवादी केन्द्रका एक उम्मेदवारले उजुरी दिएका छन् । एमालेले बनाएको एक प्रचार भिडियोमा अर्को अडियो राखेर बदनाम गर्ने प्रयास भएको भन्दै उजुरी परेको छ ।

त्यस्तै, माओवादी केन्द्रका एक उम्मेदवारलाई फोन नदिन भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध गलत प्रचार गरिएको भन्दै उजुरी परेको छ ।

दुवै घटनाको अनुसन्धान भइरहेको महाशाखाका डिएसपी पशुपति रायले बताए । बिहीबार रातिदेखि मौन अवधि सुरु भए पनि केहीले सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेका छन् । नयाँ पत्रिकामा समाचार छ ।