सम्पादकीय

विवादको भूमरीमा राजपा



काठमाडौं, ३० वैशाख । मधेसवादी दलले हालै गठन गरेको राष्ट्रिय जनता पार्टी विवादै विवादको भूमरीमा परेपछि विगत हेर्न थालिएको छ ।

पार्टी गठन हुनेबित्तिकै नाममा विवाद सुरु भएको थियो । पछि पार्टीका नाम नै परिवर्तन गर्नुपर्यो । त्यस्तै चुनाव चिह्नमा पनि विवाद देखिएको छ । निर्वाचन आयोगमा पहिले नै कसैले छाता चिह्नका लागि दाबी गरिसकेको छ । त्यस्तै पार्टीको विधान कस्तो बनाउने भन्नेमा पनि विवाद देखिएको छ ।

मधेसका लागि योगदान दिएका नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व। गजेन्द्रनारायण सिंह तथा बाबा रामजनम तिवारीको चर्चा विधानमै हुनुपर्ने अडान अनिल झाले लिएका छन् । तर, अन्य नेताले त्यस्तो चाहेका छैनन् । गजेन्द्र नारायणको नाम राखियो भने मधेसका लागि सहादत दिएका तथा संघर्ष गरेका अन्य नेताको नाम पनि राख्नुपर्ने दाबी अन्य नेताले गरेको सुरेशकुमार यादवले छन् । गोरखापत्रमा समाचार छ ।