Banner News

प्रधानमन्त्री परिवार को साथ चितवन जाँदै



काठमाडौं ३० बैशाख । स्थानीय तह निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो गृहजिल्ला चितवन जाँदै हुनुहुन्छ । शनिबार दिउँसो साँढे ३ बजे स–परिवार बुद्ध एयरबाट चितवन जान लाग्नु भएको हो । उहाँले चितवन जिल्लाको लङकु मतदान केन्द्रबाट मतदान गर्नु हुनेछ ।

लङ्कुको लक्ष्मी मावि मतदान केन्द्र ‘ख’ बाट दाहालले मतदान गर्नुहुनेछ । मतदाता नामावली लिष्टमा दाहालको मतदाता परिचयपत्र नम्बर १३८३१५७६ उल्लेख छ । यो मतदान केन्द्रमा कुल मतदाता एक हजार ३६ मतदाता रहेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनु भएका दाहालकी छोरी रेणुले भरतपुर महानगरपालिकाबाट नै उम्मेदवारी दिनु भएको छ । रेणुलाई भरतपुर महानगरमा नेपाली काँगे्रेसले पनि साथ समर्थन गरेको छ । महानगरको उपमेयरमा भने माओवादी केन्द्रले काँग्रेस उम्मेदवारलाई समर्थन जनाएको छ । माओवादी केन्द्रले पोखरा र काठमाडौं महानगरमा नेपाली काँग्रेसलाई समर्थन गरेको छ ।

चितवनमा ५६ वटा मतदान केन्द्र रहेको र लङ्कुक्षेत्रमा मात्रै४ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय चितवनले जनाएको छ । प्रधानमन्त्री दाहाल मतदान गरेलगत्तै स–परिवार काठमाडौं फर्कनुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो