अर्थ

काफल बेचेर पढाइ खर्च जुटाउँदै



दाङ, ३० वैशाख । यहाँका बालबालीकाले काफल बेचेर पढाइ खर्च जुटाउन थालेका छन् । फुर्सद्को समयमा कपुरकोट बजार र तुलसीपुर सल्यान सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक एक हजारदे रूपैयाँ खि एक हजार पाँच सय रूपैयाँ सम्म आम्दानी गर्ने गरेका कपुरकोट गाउँपालिकाका उमेश पुनले बताए ।

कक्षा ६ मा अध्ययन गर्ने पुन शनिबार तथा विद्यालय छुट्टी भएपछि काफल बिक्री गर्न गरेको बताउछन । “काफल बेचेर पढाइखर्च चलेको छ,” उनले भने । हाल स्थानीय तहको निवार्चनका कारण विद्यालय बन्द भएकाले यही मौका छोपेर काफल बिक्री गर्ने गरेको अर्का बालक खिमबहादुर वलीले बताए । उनी जङ्गलमा गएर बिहान काफल टिप्ने र साँझ बिक्री गर्ने गछर्न ।

त्यस्तै धनवाङकी कमला पुन अरुसँग खरिद गरेर काफल बिक्री गर्रछीन । कक्षा– ७ मा पढ्दै गरेकी पुनले ७० रूपैयाँमा एक मानो काफल किनेर एक सय रूपैयाँमा बिक्री गर्रछीन । “दैनिक तीन सयरूपैयाँ देखि पाँच सयरूपैयाँ सम्म फाइदा हुन्छ,” उनले भनीन् ।

काफल बिक्री गरी दैनिक चार सय रूपैयाँ भन्दाबढी आम्दानी गर्ने यमुना घर्तीले सो रकमले कापी, कलम किन्ने गरेको बताइन । उनी जस्तै अन्य बालबालिकाले काफल बेचेर मनग्य आम्दानी गदैआएका छन् ।