विश्व

चीन खुला र बहुपक्षीय विश्वको बलियो खम्बा राष्ट्रसङ्घ महासचिव



बेइजिङ ३० वैशाख । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शनिबार चीनमा एक समारोहमा ‘वन बेल्ट वन रोड’ ९ओबिओआर० फोरमको आयोजना गरी अन्तर्राष्ट्रिय सहकार्यका लागि खुला विश्व र बहुपक्षीय सम्बन्धको आधार सिर्जना गर्ने मजबुत खम्बा चीन बनेको बताए।

चिनियाँ विदेशमन्त्री वाङ यीसँग बेइजिङमा ओबिओआर सम्मेलनको पूर्वसन्ध्यामा भेट गर्दै राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले सम्मेलनले चीनको विलक्षण दूरदर्शी र रणनीतिक दृष्टिकोणको पुष्टि गरेको छ भने।

‘वेल्ट एन्ड रोड’को पहलकदमीले अर्थतन्त्रको विश्वव्यापीकरणमा थप सन्तुलन, समावेशी र मैत्रीपूर्ण विकासमा महत्वपूर्ण योगदान गर्नेछ, गुटेर्रेसले बताए। यो पहल विश्वव्यापी समस्यालाई सहकार्यका माध्यमबाट सम्बोधन गर्न एक अतुलनीय योगदान हो,
संयुक्त राष्ट्रसङ्घ चीनसँग विकासोन्मुख राष्ट्रहरुमा शीघ्र आर्थिक विकास गर्त र राष्ट्रसङ्घको दिगो विकासका लागि सन् २०३० को लक्ष्य सफल पार्न निकटमा रहेर काम गर्न चाहेको गुटेर्रेसले बताए ।

सो अवसरमा चिनियाँ विदेशमन्त्री वाङले ‘वेल्ट एन्ड रोड’को पहलकदमी विश्वलाई महत्वपूर्ण सामानहरुको आदानप्रदानमा सघाउने दृष्टिकोणबाट ल्याइएको बताउनुभयो । सिन्ह्वा