सम्पादकीय

ओबोर अवधारणामा हस्ताक्षरपछि महराले चीनमा यसो भने



बेइजिङ, ३१ वैशाख । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले क्षेत्र तथा मार्ग अवधारणाको समझदारीपत्रमा हालै हस्ताक्षर भएकोमा खुसी व्यक्त गरेका छन् ।

उपप्रम महराले यसबाट नेपाललाई वैदेशिक लगानी, आपसी सहकार्य तथा पूर्वाधार निर्माणमा सहयोग पुग्ने धारणा पनि व्यक्त गरेका छन् ।

उनले उक्त कुरा बेइजिङस्थित नेपाली दूतावासले हाल चीनको भ्रमणमा रहनुभएका उपप्रम महरा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको स्वागतमा आयोजित कार्यक्रममा बताएका हुन् ।

उनीहरुलाई स्वागत गर्दै चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले नेपालले ओबोर अवधारणामा सहभागी हुनुको महत्वबारे प्रकाश पारेका थिए ।

त्यस अवसरमा नेपालका मित्र, चीनस्थित नेपाली समुदाय, व्यापारी वर्ग, वौद्विक वर्ग तथा पत्रकारको उपस्थिति थियो । उपप्रम महरा, मन्त्रीद्वय लेखक र कार्की आज बिहान बेइजिङ आइपुगेका हुन् ।

उनीहरु क्षेत्र र मार्ग अवधारणा अन्तर्राष्ट्रिय मञ्चको आइतबार र सोमबार हुने कार्यक्रममा भाग लिने सिलसिलामा यहाँ आइपुगेका हन् । कारोबारमा समाचार छ ।