काठमाडौं, ३१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानप्रदत्त बालिग मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेकी छन् ।
निर्वाचनको पूर्वसन्ध्यामा शनिबार सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले लामो संघर्षको फस्वरुप नेपालको संविधान जारी भएपश्चात हुन लागेको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन पनि आग्रह गरेकी छन् ।
राष्ट्रपति भण्डारी श्रीलंका भ्रमणमा छिन् । उनी जेठ २ गतेमात्र नेपाल आउने कार्यक्रम छ । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्