Banner News

ललितपुर महानगरपालिकाका एमालेका उम्मेदवारद्वारा मुद्दा



काठमाडौँ, १८ जेठ । पाटन उच्च अदालतमा स्थानीय तहको निर्वाचनमा आफूलाई बद्नियतपूर्वक हराइएको उल्लेख गर्दै ललितपुर महानगरपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बन्नुभएका हरिकृष्ण ब्यञ्जनकारले मुद्दा दर्ता गर्नुभएको छ ।

मतगणनाकै समयमा दिइएको पटकपटक निवेदनको सुनुवाइ नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेका विषयमा रुजुसम्म गर्न नदिएको आरोप लगाइको छ ।

आफ्ना गणना प्रतिनिधिलाई मुचुल्कामा हस्ताक्षरसमेत नगराई एकतर्फी एकलौटी रुपमा मतगणना गरेको आरोप लगाइएको छ भने महानगरको वडा नं १, २, ४, ९ र २६ को गणनामा विवाद भएको र आफ्नो सहमति बेगर आयोग कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको मुद्दामा उल्लेख छ ।
मुद्दाको शुक्रबार पेसी तोकिएको छ ।