सम्पादकीय

म्यादी प्रहरीको रहस्यमय मृत्यु, प्रेमिकासहित तीन पक्राउ



काठमाडौं, २० जेठ । कैलालीको गौरीगंगा नगरपालिका ९ को सामुदायिक वनको जंगलमा एक म्यादी प्रहरी मृत अवस्थामा भेटिएका छन् । गएराति आफ्नी प्रेमिकासहित चार जनाको समूहमा आएकामध्ये हसुलीयाका अशोक चौधरी मृत भेटिएका हुन ।

साथीले जनावरलाई भगाउनका लागि राखेको पासोमा परेर ज्यान गएको बताए पनि घटना रहस्यमय भएको भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । उनकी प्रेमिका ममता चौधरीसहित तीनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

त्यसैगरी कैलालीको गौरीगंगा नगरपालिका ९ शंकरपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ आइरहेको ना २ ख ९५९१ नम्बरको ट्रकले ठक्करले ६ वर्षीया रागिनी चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

शुक्रबार साँझ साढे ५ बजे भएको दुर्घटनामा परी आमा सुशीला चौधरीसँगै मामा घर आएकी रागिनीको ज्यान गएको हो । ट्रक चालक करन चौधरी र ट्रक इलाका प्रहरी कार्यालय मसुरीयाको नियन्त्रणमा छ । अन्नपुर्णमा समाचार छ ।