सम्पादकीय

स्थानीय तहको भवनमा एकरुपता ल्याइने



काठमाडौ, २० जेठ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिका तथा नगरपालिकाहरुको कार्यालय भवनमा एकरुपता ल्याउन भवनको नमुना तयार पारेको छ । मन्त्रालयले सबै स्थानीय तहलाई भवन निर्माणमा एकरुपतालाई ध्यान दिने किसिमले नक्सा बनाउन पत्राचार समेत गरेको छ ।

मन्त्रालयको पूर्वाधार विकास महाशाखा प्रमुख जीवनकुमार श्रेष्ठले संविधानले स्थानीय तहलाई दिएको अधिकार अनुसारको जिम्मेवारी र कार्यसञ्चालनमा सहजता आउने हिसाबले भवनको डिजाईन गरिएको बताए ।

‘सबै स्थानीय तहको केन्द्रमा भवन छैन, भएका स्थानमापनि पूराना भवनले नपुग्ने स्थिति हुनसक्छ । जनप्रतिनिधी आएपछि भवन बनाउने पहल थाल्छन्,’ उनले भने ‘सबै तिरका गाउँपालिकारनगरपालिका, उपमहानगर र महानगरको भवनमा एकरुपता देखियोस भन्ने चाहना राखिएको छ ।’

उनले अबका दिनमा जनप्रतिनिधी, कर्मचारी र सेवाग्राहीलाई सहज हुने किसिमले भवनको डिजाइनहरु प्रस्ताव गरिएको बताए । मन्त्रालयले गाउँपालिका र नगरपालिकाका लागि ४ प्रकारको वडा कार्यालयका लागि ६ प्रकारका नमुना नक्साहरु तयार पारेको छ ।

मन्त्रीस्तरीय निर्णयबाट स्विकृत गराई उक्त नक्सालाई सबै स्थानीय तहलाई पठाइएको छ । स्थानीय कार्यपालिकाले आफ्नो आवश्यकता अनुसार मन्त्रालयले प्रस्ताव गरेको कुनैपनि नक्सा मध्ये एउटा रोजेर काम गर्न पाउने पूर्वाधार महाशाखाका सिनियर डिभिजनल इन्जिनीयर महेश अर्यालले बताए ।

अबका भवनहरु भूकम्पप्रतिरोधी र स्थानीय आवश्यकता पूरा गर्ने हिसाबको होस भन्ने चाहना राखिएको उनले जनाए । रिसेप्सन, सभाहल, अध्यक्षरउपाध्यक्ष वा नगरप्रमुखरउपप्रमुख, कार्यकारी अधिकृत, अन्य जनप्रतिनिधी बस्ने कार्यकक्षहरु बिचार गरेर नक्सा तयार पारिएको उनले जानकारी दिए ।

प्राविधिकले फराकिलो क्षेत्रफलमा बलियो जग दिएर भवनको डिजाइन गरेका छन् । ‘स्थानीय तहको अधिकार प्रशस्तै छ, विषगत कार्यालयहरुपनि स्थानीय तहमै जानेभएपछि भोलि उनीहरुलाई पनि ठाउँ पुग्नुपर्छ,’ अर्यालले भने ‘आवश्यक प्राविधिक पक्ष र बाहिरी आवरणमा एकरुपता दिएर आवश्यकता अनुसार स्थानीय तहले नक्सालाई मोडिफाई गर्न सक्छन् ।’

उनले आवश्यकता अनुसार तल्ला थप्दै जान सकिने हिसाबले जग निर्माण गरिनुपर्ने बताए । एउटै भवनबाट धेरै प्रकारको सेवा दिन सकिने हिसाबाले भवनको डिजाइन गरिएको छ । आवश्यकता पर्दा भोलि बैंक वा त्यस्तै अन्य कुनै कार्यालयलाई पनि त्यहीँ स्थान दिन सकियोसभन्ने चाहना समेत राखिएको छ । कान्तिपुरमा समाचार छ ।