चितवन, २१ जेठ । भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने आयोगको निर्णयविरुद्ध नेकपा एमाले चितवनले आज यहाँ विरोध प्रदर्शन गरेको छ ।
भरतपुरको चौबिसकोठीमा जम्मा भएर एमाले नेता तथा कार्यकर्ता नारा जुलुस गर्दै नारायणगढको पुल्चोक पुगेका थिए । पुल्चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले आफ्नो जित भइसकेकामा सत्ताको प्रभावमा परेर निर्वाचन आयोगले पुनः मतदानको घोषणा गरेको जिकिर गर्नुभयो । उहाँले एमालेले कानुनी बाटो र जनताका साथबाट न्याय खोज्ने बताउँदै जनताको मन जिते सधँै प्रिय होइन्छ भन्नुभयो ।
सो अवसरमा एमालेका कावा जिल्ला अध्यक्ष तेजेन्द्र खड्काले हार्ने निश्चित भएपछि नेकपा माओवादी केन्द्र ले मतपत्र च्यातेर रडाको मच्चाएको र उसैको पक्षमा आयोगले निर्णय लिनु दुर्भाग्य भएको विचार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्