भक्तपुर २३ जेठ । सूर्यबिनायक नगरपालिकाका भूकम्पपीडितले नक्सापासमा शत प्रतिशत छुट पाउने भएका छन् । स्थानीय निर्वाचनबाट निर्वाचीत जनप्रतिनिधिको पहिलो बोर्ड बैठकले भूकम्पपीडितको आवास निर्माणका लागि नक्सापासमा कुनै शुल्क नलीने निर्णय गरेपछि नक्सापासमा शत प्रतिशत छुट पाउने भएका हुन् ।
भूकम्पपीडितलाई आवास निर्माणमा सघाउ पुग्ने उद्देश्यले बोर्ड बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका मेयर बासुदेव थापाले जानकारी दिए । त्यस्तै, बैठकले विकास निर्माणका सवालमा अग्रीम प्रेस्कीस्वस्प ३३ प्रतिशत रकम दिने निर्णयसमेत गरेको छ ।
मेयर थापाका अनुसार नगरपालिकामा सञ्चालीत कुनै पनि योजना तथा विनियोजित बजेट फ्रीज नहोस र विकास निर्माण तीब्र गतिमा अगाडि बढाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो । यसअघि निर्माण कार्य सूरु नभई पेश्की रकम उपलब्ध गराइने गरिएको थिएन् । त्यसैगरी बोड बैठकले समग्र नगरपालिकाको गतिविधिको समिक्षा गर्दै मतदातालाई धन्यवादसमेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्