काठमाडौं, २४ जेठ । गहिरिएर पढ्नुभयो भने तीन दलबीच सोमबार भएको चार बुँदे सहमतिमा दुई त्यस्ता बुँदा परेका छन्, जसले हिजो मंगलबारभित्र शेरबहादुर देउवालाई चौथोचोटि प्रधानमन्त्री नबनी नहुने बाध्यता झल्काउँछ । त्यो हो, ज्योतिषीले दिएको सल्लाह । उनी लोकतन्त्र, धामी–झाँकी, जोखनामा अति नै विश्वास गर्ने । बाल्टिनबाबा, कालिबाबा, पाइलटबाबाहरुसँग संगत छुटेको छैन ।
दशै औंलामा औँठी लगाएको पनि देखाएकै हो । भनिएको के रहेछ भने, असार १५ गुज्रियो भने मुस्किल छ । जेठ भित्रै भए राम्रो । नत्र, अप्ठेरो पर्छ । त्यसकारण देउवा दोस्रो चरणको चुनावसम्म पनि पर्खन नसक्ने अवस्थामा पुगेका रहेछन् । दोस्रो चरणको चुनाव मध्यअसारमा हुँदैछ । झरी–बाढी, पहिरोका कारण खोलानाला बढ्ने, मतदान केन्द्र असुरक्षित हुने, मतपेटिका ओसार्न पनि गाह्रो हुने बेला हो यो ।
उनलाई अंगिरश न्यौपाने, सन्तोष बाशिष्ट, जगतगुरु आचार्य वीरेन्द्रहरुले जसरी पनि २४ गते नकटाउनु भनेका हुन् । देउवाले विश्वस्तहरुलाई १९ देखि २३ सम्म उपत्यका बाहिर नजानु भनेका थिए । ज्योतिषहरुलाई बूढानीलकण्ठ बोलाएर जन्मकुण्डली देखाउँथे । चिना हेराउने काम वैशाखदेखि नै तीव्र गतिमा अघि बढेको हो । कहिले आरजु, कहिले आफैं चिना फिँजाउन कस्सिन्थे ।
यसरी धेरै दुःखले हुन लागेको प्रधानमन्त्री संसदको गतिरोधका कारण मात्र अड्किने भएपछि सोमबार एमालेसहितका दलबीच सहमति भएको बताइन्छ । जसमा ‘निर्वाचनसम्बन्धी विगतमा भएका कमी–कमजोरी सच्याउँदै अघि बढ्ने’ भनिएको छ ।
यसको मतलब कमी–कमजोरी भएका रहेछन्, त्यसलाई काँग्रेस–माओवादीले स्वीकारेको प्रमाण हो यो । अर्को बुँदामा छ, ‘आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गराउने ।’
यसले पनि के भन्छ भने, विगतमा गड्बडी भएकै हो । सँगसँगै चुनावको प्रतिवद्धता दोहोर्याइएको छ । असार १४ को गराएरै छाड्ने, माघ ४ भित्र प्रदेश र केन्द्रीय संसदको चुनाव पनि गराएरै छोड्ने प्रतिवद्धतासहित सहमतिपत्र तयार भएको छ । आउने निर्वाचनमा अनियमितता नहुने कुराको सुनिश्चितता पनि पोखिएको छ । जनआस्थामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्