Banner News

प्रधानमन्त्रीकोसाथै सात मन्त्रीलेआज, सपथ लिने



काठमाडौं २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पद तथा गोपनीयताको सपथ लिनु हुने भएको छ । दिउँसो १ः ५० मा राष्ट्रपति कार्यालयमा शितल निवासमा भब्य समारोहकाबीच देउवाले प्रधानमन्त्रीको सपथ लिने कर्यक्रम छ ।

बुधबार नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवासँगै ७ मन्त्रीले सपथ लिने बताइएको छ । मन्त्री छान्न सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा जुटिरहेका छन् । देउवा नेतृत्वमा पहिलो पटक काँग्रेसकातर्फबाट चार मन्त्रीले सपथ लिनेछन् । स्रोतकाअनुसार काँग्रेसबाट गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर र कमला पन्तले सपथ लिनुहुनेछ ।

माओवादी केन्द्रबाट कृष्णबहादुर महराको चर्चा चलेपनि गृहमन्त्रीमा महराका साथै टोपबहादुर रायमाझी र शक्ति बस्नेत आकांक्षी देखिएका छन् ।