Banner News

स्थानीय तह निर्वाचन सम्बन्धि विधेयक पारितः संसद बैठक स्थगित



काठमाडौं, २५ जेठ । व्यवस्थापिका संसदको आजको बैठकले ‘स्थानीय तह निर्वाचन ९पहिलो संशोधन विधेयक, २०७४ लाई पारित गरेको छ ।

सरकारको तर्फबाट बैठकमा गृहमन्त्री जनार्दन शर्माले ‘स्थानीय तह निर्वाचन ९पहिलो संशोधन० विधेयक, २०७४ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए भने बैठककोे बहुमतले उक्त विधेयक पारित गरेको हो ।
उक्त विधेयक पारित हुनुपूर्व बैठकमा दफाबार छलफल समेत भएको थियो भने छलफलमा नेमकिपाका सांसद प्रेम सुवाल तथा राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले भाग लिएका थिए ।
छलफल पछि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै गृहमन्त्री जनार्दन शर्माले स्थानीय तहको निर्वाचनमा सवैको सहभागिता गराउनका लागि स्थानीय तह निर्वाचन ९पहिलो संशोधन० विधेयक ल्याइएको जानकारी दिंदै तोकिएको समयमा बाँकी निर्वाचनहरु गराउनका निम्ति रहेका जटिलता हटाउन विधेयक ल्याइएको स्पष्ट पारेका थिए ।
गृहमन्त्री शर्माले दोस्रो चरणको निर्वाचनमा सहभागिता हुने विषयमा राजपासँग पनि छलफल भएको र उनीहरु पनि आगामी निर्वाचनमा भाग लिने विश्वास समेत व्यक्त गरे ।
यसैबीच व्यवस्थापिका संसदको पहिलो बैठकले गृहमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘स्थानीय तह निर्वाचन ९पहिलो स्ंशोधन० विधेयक, २०७४ माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।
यसअघि बैठकमा नेपाली कांग्रसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले ‘व्यवस्थापिका –संसद नियमावली, २०७३ को नियम २५९ बमोजिम नियमावलीको नियम १२७ को उपनियम १ लाई निलम्बन गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले पारित समेत थियो ।
उक्त नियम निलम्बन सम्बन्धि प्रस्तावलाई नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक टेकबहादुर बस्नेतले समर्थन जनाएका थिए ।
बैठकको सुरुमै भने सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकार र मन्त्रिपरिषद्को कार्यविभाजन सम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएकी थिइन् । व्यवस्थापिका संसदको अर्को बैठक भोली विहान ११ बजेका लागि बोलाइएको छ ।