काठमाडौं, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोश्रो चरणको निर्वाचन पछि प्रमुख प्रतिपक्षी लगायत दललाई सहमतिमा ल्याई संविधान संशोधन गरिने प्रतिवद्धता जनाउनु भएको छ ।
व्यवस्थापिका संसदको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनावको मिति नजिक आईसकेको भन्दै उहाले त्यस अघिनै सबैलाई सहमतिमा ल्याई संविधान संशोधन गर्न नसकिने स्पष्ट पार्नुभएको हो ।
उहाँले स्थानीय तहको संख्या वृद्धिका सम्बन्धमा अदालतमा मुद्धा परेकाले सर्वोच्चले अन्तिम फैसला नगरुन्जेल त्यसबारे पनि निर्णय पनि गर्न नसकिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री देउवाले भविष्यमा संविधान संसोधन गराएरै छाड्ने भन्दै चुनावमा भाग सम्पूर्ण दललाई निर्वाचन सफल पार्न आग्रह गर्नुभयो ।
संविधानको सफल कार्यान्वयनका लागि समयसिमा भित्रै तिनै तहको निर्वाचन गराउनुपर्ने कार्यभार पुरा गर्नुपर्ने जिम्मेवारी बोध गर्दै सहयोग गर्न पनि उहाँले सबै दललाई आव्हान गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्