काठमाडौं, २८ जेठ । भरतपुर काण्डको हेर्दा हेर्दैमा राखिएको मुद्दा आइतबारका लागि १७ औं नम्बरमा तोकिएको छ । गत आइतबार प्राथमिकता दिइएको मुद्दालाई आज सुनुवाई हुने मुद्दाको १७ औं नम्बरमा राखेपछि उक्त मुद्दाको तत्काल सुनुवाई नहुने सम्भावना बढेको हो ।
भरतपुर मतपत्र च्यातेको प्रकरणलाई लिएर छलफल गर्न शनिवार राती ९ बजे नै महान्याधिवक्ता रमण श्रेष्ठले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भेटेका थिए । आइतबार कामु प्रधानन्यायाधीश पराजुलीले भरतपुर मुद्दालाई न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको बेन्चमा तोकेका हुन् ।
सामान्यतया १७ औं नम्बरमा तोकिएको मुद्दाको सुनुवाई हुने सम्भावना कमै हुन्छ । भरतपुर प्रकरणको अदालतबाट छिटै निर्णय हुने सम्भावना टर्दै गएको छ ।










प्रतिक्रिया दिनुहोस्