काठमाडौं ३१ जेठ । गैर–आवासीय नेपाली संघ थाइल्याण्डले नागरिक छात्रवृत्ति कोष र प्राविधिक दक्ष विद्यार्थीका लागि अन्तर्राष्ट्रिय महासंघको घोषणा गरेको छ ।
गैर–आवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा उक्त कोषका लागि ३५ लाख ८९ हजार नौ सय ९९ रुपैयाँ बराबरको चेक नागरिक अभियान नामक संस्थालाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा उपप्रधान तथा शिक्षा मन्त्री श्रेष्ठले उक्त कोषले नेपाली विद्यार्थीहरूको शिक्षामा अवसर र प्राविधिक दक्षतामा मद्दत गर्ने बताए ।
कोषले प्रत्येक वर्ष ८० जना नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने छ । पहिलो पाँच वर्षका लागि भूकम्प प्रभावित विद्यार्थीहरूलाई प्राथमिकता दिइनेछ ।
कार्यक्रममा गैर–आवासीय नेपाली संघ–थाइल्याण्डका अध्यक्ष ढकालले
विगत ७० वर्षदेखि अन्तर्राष्ट्रिय रूपमा गैरनाफामूलक ढंगले ८८ भन्दा बढी देशहरूमा सञ्चालित रहेको जानकारी गराए । विज्ञान, इन्जिनियरिङ, प्रविधि र एप्लाइड आर्टस् विषयमा कोर्षको समापनमा ट्रेनिसिप छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।
कार्यक्रमपछि २३ देशका ३० विभिन्न विश्वविद्यालयका ४० जना इन्जिनियरिङ स्वयंसेवकहरू गोरखाको लाप्राकमा जाँदै छन् । त्यहाँ गैर–आवासीय नेपाली महासंघले भूकम्पपीडितका लागि पाँच सय ७३ वटा घरहरू बनाउँनेछन् ।
स्वयंसेवीहरू नेपाल लगायत अस्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानाडा, फिनल्याण्ड, ग्रीस, भारत, इरान, आयरल्याण्ड, लेबनान, नर्वे, पोल्याण्ड, स्लोभाकिया, स्पेन, स्वीडेन, स्वीजरल्याण्ड, नेदरल्याण्ड, टर्की र बेलायतका रहेका छन् ।
नेपालका लागि थाइ राजदूत भाकवत तान्सकुलले नेपालको पुनर्निर्माण र शिक्षामा सहयोगको प्रतिबद्धता जनाए ।
गैर–आवासीय नेपाली महासंघका अध्यक्ष शेष घलेले थाइल्याण्ड च्याप्टरलाई यस कार्यका लागि बधाइ दिँदै लाप्राकमा पुनर्निर्माणका क्रममा ५७३ घर बनाइँदै गरेको कार्यबारे जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्