सम्पादकीय

गृहमन्त्री शर्मा ‘चकित’



काठमाडौं, १ असार । कार्यभार सम्हालेको एक सातामै नेपाल प्रहरी, सस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको राजनीतिक मोहप्रति चकित बनेको गृहमन्त्री शर्माले बताएका छन् ।

कार्यभार सम्हालेको पहिलो दिन (गत बिहीबार) नै कुनै पनि खालको दबाब नदिन निर्देशन दिएका शर्मालाई दुई दिनमै उच्च राजनीतिक नेतृत्वबाट एक एसएसपीको बढुवाका लागि सिफारिस गर्दै फोन आएपछि उनी चकित परेका हुन् ।

‘चेन अफ कमान्ड सुधार्न पहल गर्छु तर सुरुका दिनमा दिएको निर्देशन दुई दिन नबित्दै उल्लंघन गरिन्छ, सुरक्षा निकायको राजनीतिक मोहले चकित बनाएको छ,’ मन्त्री शर्माले भने ।

गृहप्रशासन सुधारका लागि सञ्चारकर्मीका सुझाव लिन बुधबार आयोजित अन्तरक्रियामा मन्त्री शर्माले सही मूल्यांकन गरेर अगाडि बढ्छु भन्दाभन्दै पनि अनावश्यक दौडधूप गरेर दबाब दिए सम्बनिधत सुरक्षा अधिकारीलाई कारबाही गर्ने चेतावनी दिए ।

‘म तीनवटै सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप गर्दिनँ तर राजनीतिक नेतृत्व गर्छु,’ मन्त्री शर्माले भने, ‘राजनीतिक नेतृत्व संवैधानिक उद्देश्यअनुसार चल्नुपर्छ । सही नीति लिएर काम गर्छु । मेरो स्वार्थ र उद्देश्यभन्दा पनि सरकारको इच्छ र चाहनाअनुसार काम हुन्छ ।’

तत्कालीन विद्रोही माओवादीको डेपुटी कमान्डरको भूमिका निर्वाचह गरेका शर्माले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । ‘मैले हाम्रा गुप्तचरलाई यति मात्रै भनें, ‘तपाईंहरुले दिने रिपोर्टभन्दा त भोलिपल्टको पत्रपत्रिकामा धेरै सूचना हुन्छ, यस्तो सूचना संकलने हुँदैन, अझै परिस्कृत र गोप्य सूचना चाहियो,’ मन्त्री शर्माले भने, ‘गुप्तचरलाई पुनः संरचना गर्नुपर्ने आवश्यक ठान्छु  । अन्नपूर्णमा समाचार छ ।