राजनीति

राजपा निर्वाचनमा सहभागी नहुने



काठमाडौँ, २ असार । राष्ट्रिय जनता पार्टी राजपा नेपाल स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने भएको छ ।

बिजुलीबजारमा आज बसेको राजपाको बैठकले जारी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।

सरकारले राजपासँग गरेको सम्झौता विपरीत एकतर्फी निर्वाचनको कार्यक्रम घोषणा गरेको निर्णयलाई अमान्य ठहर गर्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले राजपाको आग्रहअनुसार निर्वाचनमा उम्मेदवार मनोनयनको दर्ताको मिति असार ४ गते सार्ने निर्णय गरेको थियो । प्रदेश नं। १, ५ र ७ मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन यही असार १४ गते हुँदैछ ।