काठमाडौं, ४ असार । मधेश मुद्दालाई लिएर शहरमा आन्दोलनबारे चर्चा भइरहँदा नेपालगञ्जदेखि करिब १५ किलोमिटर दक्षिणपूर्वको डुडुवा गाउँपालिकामा भने चुनावी चासो तीव्र छ ।
मधेशी समुदायको बाहुल्यता रहेको डुडुवामा पुग्दा स्थानिय भन्दै थिए ‘हामीलाई आन्दोलन हैन चुनाव चाहियो ।’
घर नजिकै खेतमा भेटिएका पर्शुराम मौर्य र आपंगता भएका तुलसीराम मौयले निर्वाचनमा ढिलासुस्ती हुँदा पीडामाथी पिडा थपिएको बताए । चुनाव नहुँदा वडासचिवले अपांगता भक्ता नदिएको गुनासो गरे तुलसीरामले ।
मधेशी मतदाताले असारे चटारोलाई भन्दा पनि चुनावप्रति बढी चासो देखाएको छ । राजपाको आन्दोलनका कारण पटक–पटक निर्वाचन स्थगित गरिएकोप्रति उनीहरु आक्रोसित देखिन्छन् ।
आन्दोलन गरेर भाँजो हाल्नुभन्दा चुनावमा सहभागी भएर उपलब्धि रक्षा गर्नेतिर लाग्नुपर्ने उनीहरुको भनाई छ । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्