Banner News

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस



काठमाडौँ, ४ असार । ‘बालबालिका र युवाको स्वास्थ्य र सुरक्षित विकासका लागि सर्वप्रथम उनीहरुको कुरा सुनौँ’ भन्ने मूल नाराका साथ लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रमसहित सप्ताहव्यापी रुपमा मनाउने भएको छ ।

विविधि कार्यक्रमको आयोजना गरिने भएको छ ।

गृहमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव केदार न्यौपानेले यही असार ६ देखि १२ गतेसम्म विविधि कार्यक्रमको आयोजना गरी यो दिवस मुलुकभरी मनाउने तयारी गरिएको जानकारी दिउ ।

लागुऔषध एक जना व्यक्तिको नभई सिङ्गो समाजको समस्या भएकाले समाज नै मिलेर यसको सामना गर्नुपर्ने उनले बताए।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख धिरु बस्न्यातले लागुऔषधको प्रयोग वृद्धि हुनु भनेको स्वतः अपराधको पनि वृद्धि हुनु भएकाले यसको नियन्त्रणका लागि सबै पक्षको सहयोग र समन्वय आवश्यक रहेको छ भने।

प्रहरीको मात्रै सक्रियताले लागुऔषध नियन्त्रण सम्भव नभएको भन्दै घरपरिवार, विद्यालय, समाज सबैले यसको निगरानी राख्नुपर्नेमा उनले जोड दिए ।

दिवसका अवसर पारेर नेपालभरका चलचित्र भवनमा लागुऔषधविरुद्धको सचेतनासम्बन्धी सामग्री प्रसारण गर्ने, स्थानीय निकायका जनप्रतिनिधिलाई सहभागी गराई अन्तक्र्रिया कार्यक्रम गर्ने, विद्यालय र कलेजमा सचेतना कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम गर्ने तयारी भइरहेको सो अवसरमा जानकारी गराइयो ।

यस्तै असार १२ गते दिवसको अवसर पारेर प्रभातफेरी तथा प्रज्ञा–प्रतिष्ठानमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।

नेपालमा एक लख ४२ हजार कडा लागुऔषधका प्रयोगकर्ता रहेको र हरेक वर्ष ११ दशमलव ६७ प्रतिशतले बढिरहेको छ । जसमध्ये महिलाको सङ्ख्या १० प्रतिशत छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर १९८७ मा प्रत्येक वर्ष जुन २६ लाई लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।