इलाम, ४ असार । नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनालले अबको वर्ष चुनावी र आर्थिक समृद्धिको वर्ष हुने बताए ।
रोङ गाउँपालिकामा आज आयोजित चुनावीसभामा उनले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले चुनावपछि मुलुक आर्थिक समृद्धि र विकासतर्फ उन्मुख हुन्छ र यसका लागि एमालेको नेतृत्व आवश्यक छ, भन्दै जनताको चाहना एमालेलाई देशकै ठूलो पार्टी बनाउने रहेकाले अब एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गरे ।
पर्यटनको अनेकौँ सम्भावना बोकेको इलामलाई देशकै नमुना बनाउन एमालेले पहल थालेको पनि उहाँले बताए ।
प्रतिक्रिया दिनुहोस्