सम्पादकीय

सरकारी गाडी दुरुपयोग : सरकारी गाडीमा निजि नम्बर प्लेटको प्रयोग



काठमाडौं, ८ असार । सुरक्षाका कारण देखाउँदै सयौं सरकारी गाडी रातो निजी प्लेट राखेर सञ्चालन गरेको पाईएको छ ।

निजी नम्बर प्लेट राखेर प्रयोग गरिएका सवारीसधानको सदुपयोग वा दुरुपयोग भएको छ भन्नेवारे कुनै निकायले अनुगमन गरेको छैन । गृहमन्त्रालयका एक बर्षयता दुईसय भन्दा बढि सवारीसाधनलाई निजी नम्बर प्लेट राखेर प्रयोग गर्न दिएको छ ।

संवैधानिक निकाय तथा प्राय स् सबै मन्त्रालयका उच्च अधिकारीले रातो नम्बर प्लेट प्रयोग गरेका छन्, नागरिकमा समाचार छ ।