समाचार

नवनियुक्त महाप्रबन्धक र सञ्चालक समिति सदस्यलाई स्वागत तथा बधाई



काठमाडौँ, ८ असार । राष्ट्रिय समाचार समिति रासस का कर्मचारी सङ्घ सङ्गठनले नवनियुक्त महाप्रबन्धक तथा सञ्चालक समिति सदस्यलाई स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रासस, रासस कर्मचारी सङ्घ, रासस कर्मचारी युनियन, नेपाल पत्रकार महासङ्घ रासस शाखा, प्रेस सेन्टर नेपाल रासस, नेपाल प्रेस युनियन रासस र प्रेस चौतारी नेपाल रासस लगायतका सङ्घ सङ्गठनले आज यहाँ ‘स्वागत तथा बधाई कार्यक्रम’ को आयोजना गरी स्वागत गरेका हुन् ।

महाप्रबन्धक ओपेन्द्र शर्मा, सञ्चालक समितिका सदस्यद्वय दयाराम दाहाल र डिल्ली भट्टराईलाई सम्मान गरिएको हो । सोही अवसरमा रासस का अध्यक्ष कुलचन्द्र वाग्लेले कर्मचारीमध्ये कसैलाई काखा र कसैलाई पाखाको दृष्टिले हेर्नेभन्दा पनि कामका आधारमा मूल्याङ्कन गर्दै आएको बताए ।

हामीले आ–आफ्ना कमीकमजोरी स्वीकारेर एकाकार भएर अगाडि बढ्नुको विकल्प छैन– अध्यक्ष वाग्लेले भने । महाप्रबन्धक शर्माले राससलाई आर्थिक र जनशक्तिको हिसाबले अत्यन्त बलियो बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए ।

नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले स्वागत तथा बधाई व्यक्त गरे । सञ्चालक समितिका सदस्यद्वय दाहाल र भट्टराईले समग्र रासस र कर्मचारीको वृत्ति विकासमा योजनाबद्ध रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, सङ्घका अध्यक्ष मनोज लामिछाने, युनियनका अध्यक्ष कालिका खड्का र महासङ्घ ९रासस० का उपाध्यक्ष दिलीप शर्माले कर्मचारीको वृत्ति विकास, बढुवा र क्षमता वृद्धिका लागि तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दीए ।