इलाम, ८ असार । नेकपा एमाले का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले लोकतन्त्र, आर्थिक समृद्धि र समुन्नत राष्ट्र एमालेको मुख्य एजेन्डा भएको बताए ।
इलामको माई नगरपालिकास्थित सोक्तिममा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उनले एमालेले चलाएको नौ महिने सरकारले ‘आफ्नो गाउँ, आफैँ बनाउँ’ भन्ने नाराका साथ अहिले सिंहदरबारको सुविधा गाउँमै पुगेको बताए ।
काँग्रेस, माओवादीलगायतका अन्य दलले संविधानसभाबाट संविधान जारी नगर्ने षड्यन्त्र बुझेर एमालेले दबाब दिएकै कारण संविधान जारी भएको र यसको सफल कार्यान्वयनमा पनि अहिले दबाब सिर्जना गरिरहनुपरेको उनको विचार थियो ।
पहिलो चरणको निर्वाचनको नतिजाले एमालेकै जितको सुनिश्चितता गरेको बताउँदै उनले समग्र देशको विकासका लागि एमालेलाई मतदाताले भोट दिन्छन् भने ।
प्रतिक्रिया दिनुहोस्