दमक ८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कारण जनताले संविधान पाएको बताउनुभएको छ । उहाँले अब त्यसको रक्षा गर्न एमाले मात्र प्रतिबद्ध भएको पनि बताउनुभयो ।
झापाको कमल गाउँपालिका वडा नं ५ को पाडाजुङीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो भन्नुभएको हो । ुहामीसँग क्षमता छ, योजना छ , एमालेले अब विकासको मुहार पूर्वबाट नै सुरुआत गर्नेछ”, उहाँले भन्नुभयो ।
उहाँले संविधानलाई कुल्चेर अधिकारका नाममा कसैको पक्षपोषण गरेर देशलाई अहित हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । गौरादहमा बिहीबारै आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओेलीले एमालेको विकासप्रतिको चाहनालाई जनताले अब मतदानबाट प्रमाणित गर्ने जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्