सम्पादकीय

थरीथरीका उम्मेदवार



काठमडौं, १० असार । दुवै छोरी उम्मेदवार दुविधामा आमा
पाल्पाको कालीगण्डकी गाउँपालिका–७ मा सहोदर दिदीबहिनी फरक दलबाट महिला सदस्य उम्मेदवार बनेका छन् । मीना ढकाल गौतम र राधा ढकाल पौड्याल उम्मेदवार बनेपछि आमा दमयन्ती द्विविधामा परेकी छिन् । दिदी मीना ढकाल गौतम कांग्रेसबाट र बहिनी राधा ढकाल पौड्याल एमालेबाट उम्मेदवार बनेका हुन् ।

जुम्ल्याहा दाजुभाइ चुनावमा प्रतिस्पर्धी
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा जुम्ल्याहा दाजुभाइ फरक दलबाट उम्मेदवार बनेका छन् । दाजु पदम खत्री राष्ट्रिय जनमोर्चा र भाइ प्रीतम खत्री एमालेबाट वडाध्यक्ष उम्मेदवार भएका हुन् ।

दाजुभाइ निर्वाचन प्रतिस्पर्धामा
बैतडीको डिलासैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बाबुछोरा र दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन् । डिलासैनी गाउँपालिका अध्यक्षमा कर्णबहादुर रानाले कांग्रेसबाट र लोकेन्द्रबहादुर रानाले माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएका छन् । कर्ण दाजु र लोकेन्द्र भाइ हुन् ।

बाबुछोरा प्रतिस्पर्धामा
बैतडीको पुरचौडी नगरपालिका–७ को अध्यक्षमा बाबुछोराले अलग–अलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । नागी साउद ९बाबु० एमालेबाट र उज्वल साउद ९छोरा०ले माओवादी केन्द्रबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

दाजु–भाइ र ज्वाइँ–ससुरा
कञ्चनपुरका दुई नगरपालिकाका दुई वडाबाट दाजु–भाइ र ज्वाइँ–ससुरा वडाध्यक्षको प्रतिस्पर्धामा छन् । महाकाली नगरपालिका–१ को वडाध्यक्षमा राप्रपाबाट विक्रम चन्द र एमालेले सरोज चन्दलाई उम्मेदवार बनाएका छन् । उनीहरू सहोदर दाजुभाइ हुन् ।

त्यस्तै, भीमदत्त नगरपालिका–७ मा एमालेले गणेशबहादुर चन्दलाई र उनका ससुरा गजेन्द्रबहादुर चन्दलाई कांग्रेसले अध्यक्षको उम्मेदवार बनाएको छ । नयाँ पत्रिकामा समाचार छ ।