सम्पादकीय

१८ वर्षमै मर्न लेखेको रहेनछ, बाँचेँ’



काठमाडौं, १० असार । मुग्लिन सडकखण्डअन्तर्गत कालिखोलानजिक खसेको पहिरोले प्रहरीको भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ । भ्यानसहित दुई प्रहरी अझै बेपत्ता छन् ।

मृत्यु हुनेमा धादिङ खनियाबास गाउँपालिका–४ बस्ने वर्ष २९ का इलाका प्रहरी कार्यालय मुग्लिङमा कार्यरत प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र बारा हरैया–६ बस्ने वर्ष ३० का प्रहरी जवान दीपककुमार मास्के रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका प्रहरी जवानमा गोरखा मकैसिंह–१ बस्ने वर्ष ३१ का लीलबहादुर चेपाङ र तनहुँ रूपाकोट–३ बस्ने सन्दीप कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षक योगेन्द्र हमालको कमान्डमा खटिएकोे टोलीले घटनास्थलमा दुईजना प्रहरीको शव नदीको किनारमा पुरिएको अवस्थामा फेला पारेको हो ।

प्रहरीसँग रहेको हतियार एसएलआर २ नाल, त्यसमा लाग्ने गोली सय राउन्ड, चाइनिज हत्कडी एक थान तथा सञ्चार सेट हराएको प्रहरीले जनाएको छ । घाइते ट्रकचालक रामकुमार लामा र सहचालक मकवानपुर मनहरी बस्ने सानु ब्लोनको अवस्था सामान्य छ ।

१८ वर्षमै मर्न लेखेको रहेनछ, बाँचेँ’
घाइते सहचालक सानु ब्लोन

मुग्लिन–नारायणगढ सडकको चार किलोमा शुक्रबार बिहान ठूलो पहिरो जानुअघि अलिअलि ढुंगा झरिरहेको थियो । मुग्लिनबाट हेटौँडा जान भन्दै मनहरीका रामकुमार लामा ना.५ ख ७८२७ नम्बरको ट्रक चलाएर ढुंगा खसिरहेको ठाउँनजिक आइपुगे ।

गाडीमा मनहरीकै १८ वर्षीय सहचालक सानु ब्लोन थिए । माथिबाट ढुंगा झरेको देखेपछि अगाडि रहेको बस कुनापट्टिको साइड छाडेर छेउको लेनमा रोक्यो । उनी पनि बसैको पछाडि गएर गाडी रोकेर बसे ।

घाइते सहचालक सानु ब्लोन

बस रोकिएपछि यात्रुहरू हतारहतार झरेर अघि बढे । केही पर पसल भएको ठाउँमा गई चाउचाउ–बिस्कुट किन्न थाले । रामकुमार गाडीको झ्याल लगाएर ट्रक छेउमै रोकेर हिँड्दै बसका यात्रुहरू भएतर्फ अघि बढे । सहचालकको पछाडिको सिटमा गई सुते ।

केही पर पुगेपछि पुलिसको भ्यान आयो । अगाडिको बाटो सफा गरेर बाटो खुलाई आएको भ्यान पहिरोनजिक पुग्यो । एकैछिनमा यात्रुहरू प्रहरीको भ्यान पहिरोले लग्यो भन्दै चिच्याउन थाले ।

त्यतिखेरसम्म रामकुमार आफ्नो ट्रक सुरक्षित होला भन्नेमा थिए । रातको समयमा नदी किनारनजिक ब्याक गिएर लाइट बलेको देखे । मानिसहरू प्रहरीको भ्यानको खोजीमा लागिरहे ।

उनी आफ्नो गाडी रोकेको ठाउँमा आए । छक्क परे । आफ्नो गाडी नै छैन । पछि मात्र थाहा भयो, नदी किनारमा बत्ती बलिरहेको गाडी उनैले रोकेर गएको गाडी रहेछ ।

गाडीमा सुतिरहेका सानु ब्लोनको खोजीमा उनी लागे । प्रहरी खोज्दै हिँडेकालाई सानुले चिच्याउँदै गुहार मागे । दुई घन्टापछि उनको ट्रकबाट उद्धार भयो । नयाँ पत्रिकामा समाचार छ ।