सम्पादकीय

विदेशमा दुई नेपाली युवाको मृत्यु



म्याग्दी, १० असार । बैदेशिक रोजगारीअन्तर्गत दक्षिण कोरिया र मलेसिया पुगेका यहाँका दुई युवाको मृत्यु भएको छ ।

रघुगंगा गाउँपालिका २ भगवतीका २७ बर्षीय शिवकुमार कार्की र वडा नम्बर ६ पाखापानीका ओमबहादुर पुनको मृत्यु भएको हो ।  ९ महिना अघि कोरिया पुगेका कार्कीको गत गत शुक्रबार राति सुतेकै अवस्थामा मृत्यु भएको हो ।

त्यसैगरी १४ बर्षदेखि मलेसियामा कार्यरत पुनको सोमबार गाडीको ठक्कले मृत्यु भएको थियो । कान्तिपुरमा समाचार छ ।