विश्व

जापानी सम्राट्समक्ष ओहोदाको प्रमाणपत्र



टोकियो जापान, १० असार । जापानका लागि नवनियुक्त राजदूत प्रतिभा राणाले जापानी सम्राट् अकिहितोसमक्ष शुक्रबार ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

सो अवसरमा नेपाल जापानको सम्बन्ध अझ नजिक बनाउन हुन सक्ने थप प्रयासबारे दुवै पक्षबीच छलफल भएको उपनियोग प्रमुख कृणचन्द्र अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार २०१४ मा नयाँ सम्राट् भएदेखि निरन्तर उपचाररत ८४ वर्षीय अकिहितालाई राजदूत राणाले सुस्वास्थ्य र समृद्धिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको सन्देश पढेर सुनाउनुभएको थियो ।
जापानी सम्राट् अकिहितोले नेपालको बदलिँदो राजनीतिका कारण भइरहने फेरबदललाई विशेष चासोका रुपमा लिँदै राजदूत राणाको कार्यकाल सफलताको शुभकामना दिनुभयो ।