काठमाडौं, १० असार । नेपाल वैदेशिक रोजगार व्यवसायी संको आसन्न निर्वाचनका लागि प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च लगायतका व्यवसायीहरुको संयुक्त व्यवसायी समूहले उमेद्ववारी घोषणा गरेको छ ।
मञ्च, वैदेशिक रोजगार गणतान्त्रिक मञ्चका साथै अन्य विभिन्न संस्थाहले संयुक्त प्यानल बनाएर उमेद्ववारी घोषणा गरेका हुन् । निर्वाचनका लागि मञ्चका तर्फबाट अध्यक्षमा रोहन गुरुङले उमेद्ववारी घोषणा गरेका छन् । उनी हाल संघको महासचिव रहेका छन् ।
यस्तै प्रथम उपाध्यक्ष रामप्रसाद भन्तना, द्वित्तीय उपाध्यक्ष सुवर्ण श्रेष्ठ र तृतीय उपाध्यक्ष शुक्र पार्खिनले उमेद्ववारी घोषणा गरेका छन भने महासचिव नरेश गेलाल, सचिव इश्वरी जिसी र कोषाध्यक्षमा रमिला ताम्राकार रोकाया मगरले उमेद्ववारी घोषणा गरेका छन् ।
निर्वाचनमा संयुक्त प्यानलको तर्फबाट सदस्यहरुमा तेजुमाया लिम्बु, सुरेश गौतम, सन्जु गुरुङ, सुबिना श्रेष्ठ, प्रेम बहादुर विक र कुन्छा दोर्जे दिमदोङ रहेका छन् । म्यानपावर व्यवसायीहरुको हकहितका लागि काम गर्ने संयुक्त प्यानलको योजना रहेको छ ।
म्यानपावर व्यवसायीहरुको २५ औं साधारण सभा असार ३० गते हुने भएको छ । उक्त साधारण सभाले नयाँ कार्यसमिति चयन गर्ने छ । संघको निर्वाचन नजिकीएसँगै म्यानपावर व्यवसायीहरुका विभिन्न संघ–संस्था चुनावी प्रचार प्रसारमा होमिएका छन् ।
प्रतिक्रिया दिनुहोस्