कपिलबस्तु १० असार । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्ययाय कुटनीतिक मर्यादालाई लत्याउँदै नेपाली कांग्रेसको चुनाव प्रचारमा सक्रिय हुनुभएको छ।
नयाँदिल्लीस्थित दूतावासबाट केही दिनअिघ भारतकै सिमलातर्फ घुम्न भनी निस्केका राजदूत उपाध्याय कपिलबस्तुमा आएर कांग्रेसको पक्षमा स्थानीय तह निर्वाचको प्रचारमा जुट्नुभएको हो ।
स्थानीय तहको निर्वाचनमा मतदानको दिन आउन ४ दिनमात्र बाँकी रहेको अवस्थामा भारतका लागि नेपालका राजदूत उपाध्याय निर्वाचन आचारसंहिता विपरित कपिलबस्तुमा प्रचार प्रसारमा सक्रिय देखिनु भएको हो । उपाध्याय शुक्रबार साँझ कपिलवस्तुमा नेपाली कांग्रेसको प्रचार कार्यक्रममा सहभागी हुँदै गरेको भेटिनुभएको हो ।
कपिलवस्तु नगरपालिकाको कांग्रेसबाट मेयर र उपमेयरका प्रत्यासीसहित राजदूत उपाध्याय होटल तिलौराकोटमा कांग्रेस कार्यकर्तासँग भेटघाटमा व्यस्त देखिनुभयो ।
कांग्रेसका मेयर उम्मेदवार किरणसिंह र उपमेयरका उम्मेदवार लक्ष्मी गुप्तासहितका वडा अध्यक्षका उम्मेदवारसँग नगर विकासको बारेमा राजदूत उपाध्यायले छलफल गरेको कांग्रेस कार्यकर्ताले बताएका छन् ।
यसैगरी बिहीबार वाणगंगा नगरपालिका वडा न १ बैरियामा कांग्रेस नेता तथा तरुण दलका कार्यकर्तालाई उपाध्यायले भेट गरेको स्रोतले बताएको छ ।
यसैबीच भारतीय राजदूत दीपकुमार उपाध्यायको बारेमा मुख्य निर्वाचन अधिकृत विश्वमंगल आत्रेयले आफूलाई कुनै जानकारी नभएको र आचारसंहिता लाग्ने नलाग्नेबारे आपूmले बुझने प्रतिक्रिया दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्