काठमाडौं,११ असार। असार १४ गते बुधबार हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आइतबारदेखि मतदाता परिचय पत्र वितरण गरिदै छ । आयोगले असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३४ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुने निर्वाचनका लागि सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्न लागेको हो ।
आइतबारदेखि तीन दिनसम्म जम्मा ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदातालाई परिचयपत्र प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार परिचयपत्र वितरणसँगै सही तरिकाले मत संकेत गर्न पनि सिकाइने छ ।
त्यसका लागि आयोगले हरेक मतदान केन्द्रमा कम्तीमा एक जना मतदाता शिक्षा कार्यकर्तालाई खटाएको छ । चार हजार ५ सय ८१ मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गरिने छ ।
प्रतिक्रिया दिनुहोस्