विश्व

नोबेल पुरस्कार विजेता लिउ उपचारका लागि रिहा



बेइजिङ, १२ असार । जेलमा हुदै नोबेल पुरस्कार पाउनु भएका चिनियाँ नागरिक लिउ सिआबोलाई क्यान्सरको उपचारका लागि ‘मेडिकल प्यारोल’ अर्थात् उपचारका लागि रिहा गरिएकोे छ ।
गत मे महिनाको २३ तारिखमा उहाँको कलेजोको उपचारको क्रममा उहाँलाई क्यान्सरको समस्या देखिएको थियो । कलेजोको क्यान्सरबाट पिडित उहाँलाई उपचार गर्न आवश्यक भएकाले जेलमुक्त हुनुभएको उहाँका वकीलले एएफपीलाई सोमबार जानकारी दिए।
लिउलाई चीनमा मानव अधिकारका लागि लामो र अहिंसात्मक सङ्घर्ष गर्दै प्रजातान्त्रिक आन्दोलनका लागि गरेको योगदानका लागि सन् २०१० को नोबेल पुरस्कार प्रदान गरिएको थियोे ।
लिउका लागि ११ बर्ष जेल सजाँय तोकिएकोमा उनले अहिले सम्म ३ बर्ष मात्रै जेलअवधि पुरा गरेकाछन ।
लोकतन्त्रको पक्षका जुझारु अभियन्ता लिउलाई यसअघि देखि नै उत्तरपूर्वी शहर शेन्याङमा रहेको एक अस्पतालमा उपचार गराइएको छ ।
उनिसँग कुनै विषेश योजना छैन, केबल आफूलाई लागेको रोगको उपचार गर्नुहुनेछ, उनका वकील मो साओपिङले भने ।
अन्तर्राष्ट्रिय समुदायले ६१–बर्षीय लिउलाई केही बर्षदेखि जेलमुक्त गर्न आह्वान गरिरहेका थिए ।
उहाँ सन् २००९ देखि जेल जीवन बिताइरहनुभएको र जेलमै रहेका वेला एक बर्षपछि पुरस्कृत भएका थिय । सिन्ह्वा