काठमाडौं, १५ असार । पाल्पा जिल्लाको दुई स्थानमा मतदान गर्न जाँदै गरेका दुई जनाको मृत्यु भएको छ । मतदानका लागि लाइनमा आउँदै गर्दा बगनासकाली गाउँपालिका– ६ अन्तर्गत यम्घाको लाम्दीमा एक वृद्धको निधन भएको हो ।
यम्घाको अरनिको आधारभूत विद्यालय केन्द्रमा मतदानकालागि आउँदै गर्दा ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको मृत्यु भएको हो । मतदानका लागि केन्द्रमा आइपुग्दै गर्दा एक्कासी दम बढेर बिरामी परेका उनको निधन भएको प्रहरीले जनाएको छ । मुख्य निर्वाचन अधिकृत भरतमणी खनालका अनुसार ज्येष्ठ नागरिकलाई लाइन लाग्नु पर्दैन तर अगाडी ल्याउँदै गर्दा बिरामी परेपछि तत्काल समस्या देखिएको थियो । केही समयपछि उनको निधन भएको हो ।
त्यसैगरी बगनासकाली गाउँपालिका, १ चिर्तुङ्धारामासमेत ६२ वर्षीया कृष्णकुमारी कुमालको मृत्यु भएको छ । राम मावि मतदान केन्द्रमा आउदै गरेकी कुमाल एक्कासी बिरामी परेपछि उपचारको लागि मिसन अस्पताल पठाइएको थियो । उनको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
त्यस्तै उदयपुरमा मतदान गरेर फर्कंद गरेका ७० बर्षीय शेरीलाल चौधरीको र झापाको दमकमा मतदान गर्नका लागि लाइनमा बसेका ८२ बर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको हो ।
कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्