सम्पादकीय

राजपाका नेता चुपचाप, कार्यकर्ता मतदानमा



काठमाडौं, १५ असार । राजपा अध्यक्ष मण्डलका सदस्य र शीर्ष नेताहरु दोस्रो चरणको निर्वाचनको दिन बुधबार चुपचाप बसेका छन् । तर कार्यकर्ता भने, मतदानमा सहभागी भए ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य अनिल झा बुधबार काठमाडौ।मा थिए भने, सदस्यहरु राजेन्द्र महतो, महेन्द्र यादव, शरत्सिंह भण्डारी र राजकिोर यादव काठमाडौं बाहिर थिए ।

संयोजक ठाकुर बिजुलीबजारस्थित पुरानो तमलोपा पार्टी कार्यालयमै थिए । त्यहाँबाट उनले निर्वाचन भएको तीन वटा प्रदेशको स्थितिबारे जानकारी लिएका छन् ।

रुपन्देही, नवलपरासी र कपिलवस्तुमा राजपाका अधिकांश कार्यकर्ताले पार्टी नीतिविपरीत मतदान गरेका छन् । नागरिकमा समाचार छ ।