पाल्पा, १६ असार । रामपुर नगरपालिका– १ र १० मा नेकपा एमालेको पूरै समूह विजयी भएको छ ।
वडा नं १ मा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार मित्रलाल कँडेलले ७८५ मत ल्याई विजय भएका छन । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका कपिलबहादुर खाँणले ६२६ मत ल्याकाछन । सो वडाका वडासदस्यमा एमालेकै उम्मेदवार विजयी भएका छन् ।
त्यस्तै वडा नं १० मा पनि वडाध्यक्ष र सदस्यमा एमालेको पूरै समूह विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेदवार लीलाबहादुर गाहाले एक हजार २१३ मत ल्याई विजयी भएक छनभने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका एकराज पाठकले ८४३ मत ल्याकाछन ।
रामपुर नगरपालिकाको वडा नं १० मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको थियो । बिहीबार साँझपखबाट मतगणना सुरु भएको रामपुर नगरपालिकामा– ८ वटा वडाको मतगणना बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्