Banner News

संसदीय व्यवस्थाका विकृति हटाउन आवश्यक



काठमाडौँ, १६ असार । संसदीय व्यवस्थालाई अझ बलियो र उत्कृष्ट व्यवस्थाका रुपमा विकास गर्नुपर्ने आवश्यकतामाथि सहभागी वक्ताले जोड दिएका छन् ।

पूर्व सांसद मञ्चले ५९ आँै संसद् दिवसका अवसरमा आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उहाँहरुले संसदीय व्यवस्थाका विकृति हटाई यसलाई बलियो र उत्कृष्ट व्यवस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।

सो अवसरमा उपसभामुख गङ्गाप्रसाद यादवले संसदीय व्यवस्था विश्वकै सबैभन्दा उत्तम व्यवस्था भएको बतौ।ए

यो व्यवस्थालाई नेपालको सन्दर्भमा सरकार बनाउने र ढलाउने खेलका रुपमा विकृत नबनाउन खोजिएको बताउँदै उहाँले यसतर्फ पूर्वसांसद मञ्चले मार्गदर्शन गर्नसक्नु पर्दछ भने।

गृहमन्त्री जनार्दन शर्माले स्थानीय तहको निर्वाचनमार्फत सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्दै अब विकास र राष्ट्रिय समृद्धिको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए ।

अहिले देश समयसापेक्ष नयाँ नियम, कानुन बनाउने दिशामा अग्रसर रहेकाले यस्तो समयमा पूर्व सांसदहरुको राय, सुझाव वर्तमान संसद्का लागि महत्वपूर्ण हुने बताउँदै उहाँले यसमा मञ्च सक्रिय भएर लाग्नुपर्ने धारणा व्यक्त गरे ।

गृहमन्त्री शर्माले पूर्वसांसदहरुलाई मर्यादाक्रममा नराखिएको विषयमा आफूले जानकारी पाएपछि त्यसबारे सम्बन्धित निकायलाई सच्याउनका लागि पहल गर्न निर्देशन दिइसकेको जानकारी दिए ।

पूर्वसभामुख तारानाथ रानाभाटले संसदीय व्यवस्थालाई बलियो बनाउन स्वयम् दलहरु बढी संवेदनशील बन्नुपर्नेमा जोड दिए ।