काठमाडौं, १७ असार । उपत्यकामा मात्रै नयाँ र नवीकरण गरी अहिले दैनिक झन्डै २ हजार थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को माग छ ।
तर, यातायात व्यवस्था विभागले माग धान्न सकेको छैन । स्मार्ट लाइसेन्स प्रतिदिन १५ / १६ सय मात्र छापिने गरेको छ ।
दैनिक ४ देखि ५ सयसम्म स्मार्ट कार्ड अपुग हुने गरेकोहछ ।
त्यसमाथि ४ स्मार्ट कार्ड प्रिन्टरमध्ये एउटा बिग्रिएको छ । बिग्रिएको ८ महिना नाघ्दा पनि मर्मत गर्न कसैको ध्यान पुगेको छैन ।
यसले गर्दा ट्रायल उत्तीर्ण गरेकाले लाइसेन्स प्राप्त गर्न २/ ३ महिनाभन्दा बढी कुर्नुपर्ने अवस्था छ । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्