सम्पादकीय

नक्सापासविनै दरबार क्षेत्रभित्र भौतिक निर्माण



काठमाडौं, १७ असार । नक्सापासविनै भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोकभित्र धमाधम भौतिक निर्माण भइरहेको छ ।

पुरातत्व विभाग र भक्तपुर नगरपालिकाको आँखा छलेर पद्म उच्च माध्यमिक विद्यालयले ९९ चोकभित्र भौतिक निर्माण अघि बढाइरहेको हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रभित्रकै भक्तपुर दरबार क्षेत्रभित्रै सरकारी विद्यालयले धमाधम नक्साविनै भौतिक निर्माणलाई तिव्रता दिइरहेको छ ।

तर, पुरातत्व विभाग र भक्तपुर नगरपालिकाले उक्त निर्माण रोक्नेतर्फ कुनै चासो देखाएका छैनन् । अन्नपूर्ण पोस्टमा समाचार छ ।